प्रधानमन्त्रीको जनताको लागि सम्बोधनलाई लिएर पुर्वराजाले गरे आपतिजनक ट्वीट

 

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न विषयमा बोल्दै आउँनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पनि पूर्वराजा शाहको प्रतिकृया आएको छ ।

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै आउँनु भएका पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाउनु भएको छ ।

उहाँले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने त्यसतर्फ जान नसकेको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले लेख्नु भएको छ, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो ।

राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट पूर्वराजा पनि प्रभावित हुनु भएको छ ।

लकडाउनका कारण उहाँ पूर्वको झापामा रहेको शाहका निजीसचिव सागर तिमल्सिनाले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार (आज) देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सघाउन आमजनतासँग अपील गर्नुभएको थियो ।

ओलीले अबको दुई साता निकै कठिन हुने भन्दै लकडाउनलाई पालना गर्न नागरिकसँग आग्रह गर्नुभएको छ ।

फागुनको अन्तिमतिर भारतको सिक्किम र दार्जिलिङ भ्रमणमा जानु भएका पूर्वराजा शाहको परिवार लकडाउनका कारण झापामा रोकिएको हो ।

प्रकाशित भएको : April 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु