4 months ago

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकको लागि सबै केन्द्रीय पदाधिकारी तथा सदश्यहरुको पिसिआर परिक्षणको व्यवस्था गरेको थियो पार्टी केन्द्रीय कार्यालय सानेपामा । तर जनताले महङ्गो शुल्क तिरेर पनि समयमा पिसिआर परिक्षण गर्न नपाएकाले मैले पनि यो सुबिधा प्रयोग गर्दिनँ भन्दै पार्टीले उपलब्ध गराएको पिसिआर परिक्षण बहिस्कार गरे नेता धनराज गुरुङ्गले ।
उनले जनताले पिसिआर परिक्षणका लागि रातदिन हस्पिटलको छिंडीमा लाईन लाउनु परेको अबस्थामा हामी महाराजा जसरि सुबिधा उपभोग गर्न नहुने र हामी बढी सुबिधा मुखि भयौं भने जनतामा नकारात्मक सन्देश जान्छ । लोकतन्त्रमा नेता र जनता बिच बिभेद हुन नहुने भन्दै पार्टी सचिवालय मार्फत नेतृत्वलाई केन्द्रीय कार्यालयमा गरिएको पिसिआर परिक्षण रोक्न अनुरोध गरे पनि केन्द्रीय नेतृत्वले पिसिआर परिक्षण भने रोकेन।
प्रकाशित भएको : October 3rd, 2020
प्रतिकृया दिनुहोस्