5 months ago

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई बालुवाटार डाकेर वन टु वन वार्ता गरिरहेका छन् । ओलीले आज विहान गौतमलाई छलफलका लागि अकस्मात् बोलाएका थिए । लगत्तै उनी भैंसेपाटीबाट निस्किएर १० बजे बालुवाटार प्रवेश गरेका थिए ।
गौतमलाई ओलीले मन्त्रिमण्डल पुर्नगठनको विषयमा गम्भीर छलफल गर्न बोलाएको विश्वस्त स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाका मनोनित सांसद गौतमलाई सरकारमा लान अदालतले अल्पकालिन रोक लगाएको अवस्थामा दुई नेताबीच भेट भइरहेको हो । आजको भेटबाट गौतम सरकारमा जाने नजाने तय हुनेछ ।
बामदेवलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको संवैधानिक इजलाश गठन भएको छ । यसको अन्तिम किनारा यसै हप्ता लाग्ने सम्भावना छ ।
प्रकाशित भएको : October 7th, 2020
प्रतिकृया दिनुहोस्