आफू सभापतिमा नउठे देउवाले निधिलाई साथ दिने, आरजुलाई महामन्त्री उठाउने तयारी !

 

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापति लड्नेगरि तयारी थालेका वर्तमान सभापति शेरबहादुर देउवाले आफू अन्तिममा उठ्ने अवस्था नआए विमलेन्द्र निधिलिाई सघाउने विकल्पपनि राखेका छन् । आफूनिकट नेताहरुसँगको छलफलको क्रममा देउवाले आफू सभापतिमा हार्ने स्थिति आए चुनाव नउठ्ने बरु निधिलाई सघाउने बताउन थालेका छन् ।

निधिले यसपटक आफू सभापतिमा उठ्नेगरी तयारीलाई तिव्रता दिएका छन् । उनले नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिईरहेका छन् । निधिले सभापतिका आकांक्षीहरू प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई भेटेका थिए । उनीहरुको भेटमा समेत तीनै जना नेताहरु मिलेर जानेबारे कुराकानी भएको थियो ।

देउवा गुट छाडेर सभापतिको दौडमा विमलेन्द्र निधि

यता, देउवाले आफू सभापतिमा उठ्ने वातावरण नबने निधिलाई नै साथ र महामन्त्रीमा आफ्नी पत्नी डा. आरजु राणालाई अघि सार्ने योजना बनाएका छन् । आरजुको पार्टीभित्र राम्रो प्रभाव छ । उनी कैलालीबाट प्रतिनिधिसभाको लागि चुनावसमेत उठेकी थिईन् । देउवाले पत्नी आरजुलाई पार्टीभित्र शक्तिशाली बनाउनेगरि कुटिल चाल चालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भने यसपटक नेतृत्वमा धेरैको आकांक्षा छ । पौडेल स्वयम सभापतिमा उठ्ने तयारीमा छन् भने सिंह र शशांकले पनि आफूलाई सभापतिमा उठाउनेगरि तयारी र भेटवार्तालाई तिव्रता दिएका छन् ।

प्रकाशित भएको : October 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु