वेर्नरले टर्कीविरुद्धको खेल गुमाउने

 

एजेन्सी –

इंग्लिस क्लब चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नरले टर्कीविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल गुमाउने भएका छन् । जर्मनीले युइएफए नेसन्स लिगको दुई खेल अघि आज बुधबार राति टर्कीसँग घरेलु मैदानमा टर्कीसँग खेल्ने तालिका छ ।

जर्मनीका प्रशिक्षक जोचिम लोका सहायक प्रशिक्षक मार्कुस सोर्गले फिवर समस्याका कारण वेर्नर टर्कीविरुद्धको खेलमा उपलब्ध नहुने बताएका छन् । वेर्नरले गत शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–० को जित निकालेको खेलमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।

तर, फिवर समस्याका कारण उनले कोल्नमा हुने टर्कीविरुद्धको मैत्रीपुर्ण खेल गुमाउनेछ । प्रशिक्षक सोर्गले उनी टोलीको नियमित सम्पर्कमा रहेको र नेसन्स लिगको दुई खेलको लागि उनी उपलब्ध हुने बताएका छन् । जर्मनीले १० अक्टोवरमा युक्रेन र १३ अक्टोवरमा स्वीट्जरल्यान्डसँग खेल्ने तालिका छ ।

यसै समरमा जर्मन क्लब आरबी लाइप्जिगबाट ५० मिलियन पाउन्डमा चेल्सी पुगेका २४ वर्षीय वेर्नरले जर्मनीका लागि ३१ खेलमा १२ गोल गरेका छन् । उनी २०१७ देखि जर्मनीका राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।

प्रकाशित भएको : October 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु