अनसनरत डाक्टर केसीका माग पूरा गर भन्दै नेविसंघद्वारा प्रदर्शन

 

काठमाडाैं

नेपाल विद्यार्थी संघले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर भन्दै सरकार विरुद्ध विरोध आज बिहीबार प्रदर्शन छ ।

काााठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।

सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको काफ्लेले बताए ।

विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए ।

प्रकाशित भएको : October 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु