सातादिन भित्रै एकता प्रक्रिया टुंग्याउने नेकपाका नेताहरू सहमत

 

काठमाडौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रिया साता दिनमै टुंग्याउन नेताहरु सहमती नजिक पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष र महासचिवबीचको छलफलमा साता दिनभित्रै पार्टी एकताको बाँकी काम टुंग्याउने सहमति भएको हो ।

आज बिहीबार बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच साढे तीन घण्टा छलफल भएको थियो ।

छलफलमा स्थायी कमिटी बैठकको म्यान्डेटअनुसार पार्टीको बाँकी एकता प्रक्रिया साता दिनमै टुङ्ग्याउने गरी गृहकार्य गर्न नेताहरु सहमत भएका बताइएको छ । अबका दिनहरूमा लगातार एकताको बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित भएको : October 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु