सरकारी वार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्ष बिहीन

 

काठमाडौं

सरकारी टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान बसेको वार्ता केही समयका लागि स्थगित भएको डा. केसी पक्षबाट वार्ता समितिमा बसेका एक सदस्यले बताए ।

“डा. केसीले राखेका ६ वटै मागमा बुँदागत छलफल भएको छ तर केही बुँदामा थप गृहकार्य गर्नुपर्ने भएकाले केही समय वा भोलि बिहान शुक्रबार फेरि बस्‍ने गरी वार्ता टुङ्गिएको हो ।”

बिहीबार बिहान साढे १० बजेको वार्ता दिउँसो २ बजेसम्म चलेर स्थगित भएर फेरि साढे ४ बजे सुरु भएको थियो । उक्त वार्ता पुन: साढे ८ बजे स्थगित भएको हो ।

डा. केसीको जीवन रक्षाका लागि चौतर्फी आवाज उठेपछि सत्याग्रहको २४ दिनमा सरकारले वार्ता समिति बनाएको थियो । तर वार्ता समिति बनेको दोस्रो अर्थात सत्याग्रहको २५ औँ दिनमा  मात्र सरकारले वार्ता सुरु गरेको हो ।

सरकारकातर्फ शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सरकारी वार्तामा टोलीमा छन् ।

डा. केसीकोतर्फबाट वार्ता टोली संयोजक डा. जीवन क्षेत्री, डा : अञ्‍जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी रहेका छन् ।

प्रकाशित भएको : October 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु