साझा पार्टी गठनको भोलिपल्टै मानवी दिइन राजिनामा , रविन्द्र मिश्रलाई धक्का

 

काठमाडौं
रवीन्द्र मिश्रको पार्टी साझा पार्टीको केन्द्रीय समिति पुनर्गठनको भोलिपल्ट मानवी पौडेलले पार्टी छाडेको जानकारी दिएकी छन् । मानवी साझा पार्टी गठन भएदेखि केन्द्रीय सदस्य थिइन् ।

विभिन्न सामाजिक आन्दोलनबाट साझाको राजनीतिमा जोडिएकी मानवी वैचारिक नेतृ मानिन्छिन् । पौडेलले पार्टी छाडेको जानकारी ट्वीटमार्फत दिएकी हुन् । 

मानवीले लेखेकी छन्,साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।

साझाले सातवटै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर पार्टी केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको जानकारी बिहीबार मात्रै गराएको थियो ।

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु