डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै ,

 

काठमाडौं
२६ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। 

केसीलाई रिंगटा लाग्ने र अक्सिजन निरन्तर चाहिने भएको  डा: केसीका सहयोगी डा: तोसीमा कार्कीले बताईन्। 

‘शरिरमा पानी कम हुँदै गएकाले उनको नशा सुक्दै गएको छ,’ डा तासिमाले भनिन्, ‘त्यसले गर्दा अत्यावश्यक तत्व जाँचका लागि रगतको नमुना लिन सकिएको छैन।’ 

डा केसीमा रक्तचाप कम हुने, शरीर दुख्ने लगाएतका समस्या बढ्दै गएको छ ।

दुवै पक्षको हिजो वार्ता भएपनि निष्कर्ष निकालिएको छैन । वार्ता सकरात्मक भएको बताइएको छ । आज पुनः वार्ता बस्ने भनिए पनि समय भने तोकिएको छैन्।  

डा केसीले उठाएका मागबारे छलफल गर्न सरकार र केसीका तर्फबाट वार्ता टोली गठन गरिएको थियो ।

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु