लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

 

बुटवल
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा कोरोना रिपोर्ट पोजेटिभ देखिएको मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुंवरले जानकारी दिए ।
रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि केसीको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसिआर परिक्षण गरिएको थियोे । मन्त्री केसी अहिले मन्त्रालयको निवाषमै होम आइसोलेसनमा रहनु भएको छ । मन्त्री केसीलाई रुघाखोकीको लक्षण मात्र देखिएको छ ।

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु