नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

 

काठमाडौं
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेकाे छ । आज शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे संख्या १ लाख ६ सय ७६ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार नाै सय ७९ जनाकाे नमुना परीक्षण गरिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७३ हजार २३ पुगेको छ ।  

नेपालमा सक्रिय संक्रमित २७ हजार ५३ जना आइसाेलेशनमा रहेका छन् । ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।     

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु