नेहा र रोहन प्रेममा रहेको पक्का , दुवैले गरे तस्बिर सार्वजनिक

 

एजेन्सी
ढ लोकप्रिय गायिका नेहा कक्करको पञ्जावी गायक रोहनप्रीत सिंहसँग  धेरै दिनदेखि अफेयर र विवाहको चर्चा चलिरहेको छ।
चर्चा सत्य रहेको नेहाले नै प्रमाणित गरिदिएकी छिन्। विवाहको कुरा त अझै यकिन छैन तर प्रेममा रहेको चाहिँ पक्का भएको छ।

नेहा र रोहनप्रीतले दुवैले आफ्नो इन्स्टाग्राममा एकसाथ तस्विर सार्वजनिक गरेका छन्। नेहाले लेखेकी छिन्, ‘तिमी मेरै हौ। नेहुप्रीत।’  रोहनप्रीतले पनि नेहासँगको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, मेरी जिन्दगी हेर्नुहोस्।’

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु