सन्दिप आज पनि परेनन् , दिल्ली क्यापिटल ब्याटिङ गर्दै

 

एजेन्सी
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले राजस्थान रोयलस्सँग प्रतिस्पर्धा गर्दैछ । 

युएइको सारजाहाँ क्रिकेट स्टेडियममा टस जितेर राजस्थानले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले केही बेरमा राजस्थानविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ । 

दिल्लीले छैटौं खेल खेल्न लाग्दा सन्दीप आजको खेलमा पनि बेन्चमा बस्न बाध्य भएका छन् । उनी पछिल्लो पाँच खेलमा पनि दिल्लीका लागि खेल्न सकेनन् । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछ । जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा पाँच खेल खेलेको दिल्लीले ८ अंक जोडेको छ । दिल्ली तालिकाको दोस्रो स्थानमा छ । 

यता राजस्थान पनि आजको खेलमा जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । राजस्थानले आजको खेलमा फराकिलो जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थान जोगाई राख्ने बलियो योजना छ ।

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु