नेपालमा आज शनिबार एकैदिन कोरोना संक्रमितको संख्या सर्वाधिक बढ्यो

 

काठमाडौं
नेपालमा एकैदिनमा आज शनिबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १९,३२० ओटा नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा एकैदिनमा गरिएको पीसीआर परीक्षणको सो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ ।

प्रकाशित भएको : October 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु