‘ हाम्रो माया चर्किएको ‘ गीत भाइरल , प्रविन र रचनाको आवाजमा

 

काठमाडौं
हाम्रोमाया चर्किएको एैनासरी नफुटोस , पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस , रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्किएको‘ बजारमा सार्व’जनिक भएको छ।

निकै मधुर शैलिमा गाइए:को यो गीतको शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।जादुमय स्वर’की धनी रचना ( जो नेपाल आइडलकै प्रतियोगी हुन) ले प्रबिन लाई साथ दिएकी छिन। रचना आहिलेकी चलेकी गायिका हुन ।

बिमल डाँगीको शब्द,सङ्गीत तथा बिबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीत ‘ हाम्रो माया चर्कियको …’ को भिडियो सार्वजनिक भएको छ।

गायक तथा संगीतकार बिमल डाँगीकै आफ्नै यूटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक/ गायिकाले बताएका छन् ।उक्त गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन ।रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको गीत उनको प्रितीले केही समय अघी निकै चर्चा कमाएको थियो ।

हाम्रो माया चर्किएको गीतलाई पछिल्लो पुस्ताको आवाजमा रेकर्ड गरिएको हो यो भन्दा पहिले यस गीतलाई चर्चित गायक कृष्णभक्त राई र चर्चित गायिका सपना श्री ले गाएका हुन।

उदिराम खड्काको निर्देशन तथा मिराज अर्यालको छायान्कन तथा सम्पादन रहेको गीतको भिडियोमा रचना रिमाल र प्रबिन बेडवाललाई देख्न सकिन्छ । भिडियो शुक्रबार च्यानल बाट सार्वजनिक गरिएको हो । एकपछि अर्को गीतमा रचना र प्रविणको उत्कृष्ट जादुमय स्वर सुन्न पाइन्छ ।

प्रकाशित भएको : October 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु