आइतबार देशैभर अस्पतालका आकस्मिक सेवा समेत बन्द गर्ने

 

काठमाडौं
सरकारले डा गोविन्द केसीको माग पूरा गर्न उदासिनता देखाएको भन्दै नेपाल चिकित्सक संघले फेरि आन्दोलनको घोषणा गरेको छ। 

वार्ता प्रक्रिया सुरु भएपछि बिहीबार यसअघिको आन्दोलन स्थगित गरेको संघले हालसम्म पनि सहमति हुन नसकेपछि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूको आकस्मिक र कोभिडसम्बन्धी सेवा बाहेकको सेवा बहिस्कार गर्ने घोषणा गरेको हो ।

संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ ।

’ यदि २५ गते आइतबार सम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप आन्दोलनमा जाने संघले स्पष्ट पारेको छ। 

प्रकाशित भएको : October 10th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु