4 months ago

एजेन्सी
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् ।
आज आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् ।
साँझ पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्वइ इन्डियन्सबीच हुनेछ । यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् र दुवै टोली उच्च लयमा देखिन्छन् ।
पहिलोपल्ट आईपीएलको उपाधि जित्ने बाटोले दिल्लीले ६ मध्ये पाँच खेलमा जित हासिल गरी शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
समान खेलबाट ४ जित निकालेको मुम्बई समान ८ अंक भए पनि अन्य २ क्लबभन्दा नेट रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ । मुम्बई कीर्तिमानी पाँचौंपल्ट उपाधि जित्ने लक्ष्यमा रहनेछ ।
प्रकाशित भएको : October 11th, 2020
प्रतिकृया दिनुहोस्