डाक्टर केसीको समर्थनमा त्रि.विका स्वतन्त्र विद्यार्थीहरूले थालेको रिले अनशन तोडे

 

चन्द्र खनाल
स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै १९औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीका मागमा सरकार गम्भीर नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्वतन्त्र विद्यार्थीहरूले ५ दिन देखिको रिले अनसन तोडेका छन् । सरकार डाक्टर केसीले राखेका मागमा गम्भीर नभएको र डाक्टर केसीको जीवन रक्षाको माग राख्दै ५ दिनमा आज आइतबार रिले अनसन तोडेका हुन् ।
सरकारी वार्ता टोली र डाक्टर गोविन्द केसीबीच ८ बुदे सहमति भएसँगै रिले अनसन अन्त्य गरिएको रिले अनसनरत विद्यार्थी हरिष देउवाले जानकारी दिए ।

रिले अनसनमा सहभागी त्रि.वि.का स्वतन्त्र विद्यार्थीहरूमा जयराज ओझा , रामनरेश यादव , हरिष देउवा , डम्मर बहादुर साउद , दिर्घराज भट्ट , एनपी जोशी , रामबहादुर बम , सुमित चन्द ( ठकुरी ) , रामबहादुर बोगटीको सहभागीता रहेको थियो ।
डाक्टर केसीले राखेका मागहरू पुरा गर्न दबाब दिने उद्वेश्यले विद्यार्थीहरूले रिले अनसन सुरु गरेका थिए ।
डाक्टर केसीको समर्थनमा देशभर प्रदर्शन , विरोध लगायतका विभिन्न दबाबमूलक कार्यक्रमहरू गरिएका थिए । १९ औं पटक अनसन बसेको २७ औं दिनमा डाक्टर गोविन्द केसी र सरकार पक्षबीच सहमति भएको थियो ।

शनिबार मध्यरातमा सरकारी वार्ता टोली र डाक्टर केसी पक्षीय वार्ता टोलीबीच ८ बुँदे सहमति भएको थियो ।
८ बुँदे सहमतिमा शिक्षा सचिव तथा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीले हस्ताक्षर गरेका छन् ।
केसीले चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरू गरेका थिए ।

डा. गोबिन्द के.सी. को १९ अौ सत्याग्रहका मागहरु

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पुर्वाधार र जनशक्ति पुर्याएर MBBS लगायतका कार्यक्रमहरु सञ्चालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पुर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुचारु गरियोस्। प्रदेश नं. २ र गण्डकी प्रदेश तथा डोटी वा डडेलधुरा, उदयपुर र इलाम वका पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने पकृया अघि बढाइयोस्।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै PCR परिक्षण व्यापक गराएर लकडाउन र निशेधअाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा ऐनमा संशोधन गरियोस्। चिकित्सा नियमावली सच्याउदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गरियोस्।

४. त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्टता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्टताका अाधारमा नियुक्ति गरियोस्। विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरुप निष्पक्ष र पारदर्शि ढंगले पदाधिकारी नियुम्ति गर्ने कानुनी व्यवस्था गरियोस्।

५. बयलपाटा अस्पताललाई नियमित अावश्यक बजेटको व्यवस्था गरि दिगो निशुल्क सेवा सुनिश्चित गरियोस्।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, अायल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेकुरिटी प्रेश खरिद काण्ड, दरबार्गमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधी खरिद काण्ड लगायत सबै ठुला भ्रष्टाचार काण्डका दोषिहरुलाई कानुन बमोजिम छानबिन र कारबाही गरियोस्। बालुवाटार जग्गा काण्डमा अपराधिक लाभ लिने सत्तारुढ दलका नेताहरु माथि छानबिन र कारबाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारबाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त अायुक्तहरु माथि पनि कानुन बमोजिम छानबिन र महाअभियोग लगायतका कारबाही गरियोस्।अख्तियारका अायुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति सम्पत्ति शुद्धीकरणको मुद्वा चलाइयोस्।
लगायतका मागहरू रहेका थिए ।

प्रकाशित भएको : October 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु