आखिर किन स्थानियले लखेटे पुर्व मन्त्री बस्नेतलाई ?

 

मास्क र सेनिटाईजरका पोका बोकेर सिन्धुपाल्चोकको तृपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनको थापरचौर पुगेका पूर्वमन्त्री मोहन बस्नेतलाई स्थानियले लखेटेका छन ।

लकडाउनको बेल राहतका नाममा गाउँ पसेर कोरोनाको जोखिम बढाएको भन्दै थापरचौरका स्थानियले बस्नेतसहितको टोलिलाई गाउँबाट लखेटेका हुन ।

राहतका नाममा आफ्ना आसेपासे र कार्यकर्ता लिएर बस्नेत धुस्कुन छिरेपछी ईलाक प्रहरी कार्यालय बार्हबिसेको टोलि र सशस्त्र प्रहरीको अर्को एउटा गाडिले बस्नेतलाई फलो गर्यो ।

वडाध्यक्ष शुकदेव रिसाल र स्थानियले थापरचौरमा बस्नेतलाई भिड जम्मा गरेर राहत बाँढ्न दिएनन । प्रहरी नजिकै आइसकेको सुईको पाएपछी बस्नेतको गाडी हुँईकियो ।

बस्नेतको गाडी स्पिडमा भागिरहेको थियो, प्रहरी पछि पछि लखेट्दै थियोू त्रिपुरासुन्दरी ३ का वडाध्यक्ष शुकदेव रिसालले भन्नुभयो, स्थानिय जनतामा त्रासको अबस्था सिर्जना भयो ।

लकडाउनको अबधिमा चुनावमा भोट माग्न गएअजसरी बस्नेत गाउँ गाउँमा पसिरहँदा सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा बस्नेतको आलोचना मात्र होईन, त्रासकै अबस्था छ ।

प्रहरी प्रशासनले उनलाइ लकडाउनको उल्लंघन नगर्न र स्थानिय सरकारसँग समन्वय नगरी केही नबाँड्न पटक पटक भनेपनी बस्नेतले राज्य संयन्त्रलाइ पेल्दै कार्यकर्ताको समूह लिएर गाउँ गाउँ पुगिरहेको स्थानियले बताएका छन ।

Photo From Google
प्रकाशित भएको : April 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु