कर्णाली प्रदेश सरकार बिरुद्ध सत्तारूढ दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराए

 

सुर्खेत
नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरका छन ।

बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविश्वाककाे प्रस्ताव दर्ता गराएका हुन । सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ आज आइतबार बुझाएका छन् ।

अविश्वासको प्रस्तावको कारण बारे जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन् । सरकार विरुद्ध हस्ताक्षर गर्नेमा पूर्व एमालेका १५ र पूर्व नेकपा माओवादी केन्द्रका ३ जना गरी १८ जना छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन्

प्रकाशित भएको : October 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु