कोरोना संक्रमित पुर्व मन्त्री एवं कांग्रेस नेता थापालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

 

काठमाडौं
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएर आईसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा थप  जटिलता उत्पन्न भएसँगै अस्पतालमा भर्ना भएका छन्।

पारिवारीक स्रोतका अनुसार पाँच दिनअघि कोरोना पुष्टि भएका थापालाई ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको हो।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता थापालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित भएको : October 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु