२ सय ग्रामको गहुँको दाना राखिएको छ यो मन्दिरमा , ५ हजार वर्ष पुरानो

 

एजेन्सी

हाम्रो धर्तीको अनौठो चिज र रहस्यको कुराको केहि कमी छैन ।
हामी तपाईलाई रहस्यले भरिएको एउटा मन्दिरको बारेमा जानकारी दिनेछौँ । जहाँ ५ हजार वर्ष पहिलाको २ सय ग्रामको गहुँको दाना रहेको छ ।

हामीलाई यो कुरामा विश्वास गर्न गाह्रो पर्ला तर यो वास्तवमा सत्य हो । भारतको हिमाञ्चल प्रदेशको ममेल गाएँमा रहेको यो मन्दिरको नाम ममलेश्वर महादेव रहेको छ । यसको रहस्य महाभारतकालसँग जोडिएको छ ।

यो मन्दिरको सम्बन्ध पाण्डवसँग रहेको बताइएको छ । किनभने पाण्डवले अज्ञातबासका बेला केहि समय त्यहाँ व्यतित गरेका थिए ।

त्यहाँ एउटा ५ हजार वर्ष पहिलाको गहुँको दाना रहेको छ । जो २०० ग्रामको रहेको बताइएको छ ।

त्यहाँ ५ हजार वर्ष पहिले देखि नै निरन्तर हवनकुण्डमा आगो बलिरहेको बताइन्छ । त्यहाँ पाण्डवहरुले अज्ञातबासका बेला नरभक्षी एक राक्षसलाई भीमले मारेका बताइन्छ ।

त्यहाँका गाउँलेलाई उक्त राक्षसले सताए पछि गाउँलेले राक्षससँग हरेक दिन भोजनको लागि एक जना राक्षसामू पठाउने सम्झौता गरेका थिए ।

प्रकाशित भएको : October 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु