
चन्द्र खनाल
हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीको आयोजनामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका अध्यक्ष श्याम भट्ट शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी , प्रदेश स्तरीय धार्मिक तथा पर्यटन महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक तथा बल्चौर गौ गौग्राम निर्माण समितिका अध्यक्ष खडानन्द सापकोटा रहनु भएको थियो भने विशिष्ट अतिथिमा विश्व हिन्दु एकता परिषद नेपाल कैलालीका उपाध्यक्ष तथा रिभर साइड यातायातका अध्यक्ष धिरज शाही रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा हिन्दु जागरण नेपालका सुदुरपश्चिम संयोजक पुर्ण प्रसाद उपाध्याय , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका कोषाध्यक्ष कृष्ण बुढा , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका सल्लाहकार प्रमुख नन्दराज न्यौपाने , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका कानुनी सल्लाहकार टंक देउवा , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका कानुनी सल्लाहकार दिलबहादुर शाही , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका व्यवस्थापक मिनराज ढुंगाना , हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका सहसचिव ममता जोशी , विश्व हिन्दु एकता परिषद नेपाल कैलालीका कोषाध्यक्ष ममता अग्रवाल , विश्व हिन्दु एकता परिषद नेपाल कैलालीबाट कल्पना गिरी , गोकर्ण प्रसाद बजगाई , वासुदेव उपाध्याय , देवाखर उपाध्याय , ओम प्रसाद न्यौपाने , रामनाथ उपाध्याय लगायतको सहभागीता रहेको थियो भने धार्मिक प्रशिक्षण कार्यक्रममा युवाहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले सदियौ देखि चलिआएको हिन्दु धर्मको संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समयमा धर्म परिवर्तन गर्ने काम दिनप्रतिदिन बढिरहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि सबै हिन्दु धर्मावलम्बीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
धर्मका नाममा हुने राजनीति बन्द गर्नुपर्ने र सनातन धर्मको रक्षाका लागि सबै हिन्दुबादी संघ संगठन एक हुनुपर्नेमा बताएका थिए ।
अनेक प्रचार गरेर धर्म परिवर्तन गर्ने खेल भइरहेकाले यस्तो भ्रम चिर्नको लागि सबै हिन्दुवादी नेपालीहरू एकजुट हुन आवश्यक रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्