5 months ago

काठमाडौं
सरकारले अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमनमा लगाएको रोकलाई निरन्तरता दिने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्षका साथ अन्तर्राष्ट्रिय सीमानाका कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय भएको थियो ।
देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा यस विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो । बैठकले यस वर्षको दशैँ जो जहाँ छ त्यहीँ मनाउन आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रकाशित भएको : October 12th, 2020
प्रतिकृया दिनुहोस्