लम्कीचुहामा अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस कार्यक्रम सम्पन्न ।

 

रंगप्रसाद तिमिल्सेना / लम्की
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा मंगलबार विपद जोखिम न्यूनीकरण दिवस मनाइएको छ ।
विपद जोखिम न्यूनीकरण मैत्री सुशासन , सुरक्षित भविष्यको लागि हाम्रो अभियान भन्ने नारा सहित लम्कीचुहा नगरपालिकाको आयोजना तथा यू.एस.ए.आई.डि. तयार नेपालको सहयोगमा दिवस मनाइएको हो ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो ।

दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा लम्कीचुहा नगरपालिका स्तरीय विपद जोखिम न्यूनीकरण कार्यमन्चको गठन गरिएको छ । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईको संयोजकत्वमा उक्त कार्यमन्चको गठन गरिएको हो ।
कार्यमन्चमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख, योजना शाखा प्रमुख , भौतिक तथा पुर्वाधार शाखा प्रमुख, विपदका क्षेत्रमा काम गर्ने दातृ निकायका प्रमुख तथा प्रतिनिधि लगायतका सदस्य र तयार नेपाल प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
कार्यमन्चले लम्कीचुहा नगरपालिकालाई विपद जोखिम न्यूनीकरणका गतिविधिलाई सहभागितामुलक रुपमा कार्यन्वयनमा सहयोग गर्नुका साथै जोखिम न्यूनीकरणका लागि निति, रणनीति तथा योजना निर्माण लगायतका प्राविधिक काममा सहयोग पुर्याउने छ ।

कार्यक्रममा लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, तयार नेपालका धर्मप्रसाद बजगाई, वडा अध्यक्षहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी करिब ५० जनाको उपस्थिति रहेको थियो ।
लम्कीचुहा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत धर्मराज बिनाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन लम्कीचुहा नगरपालिका नगर प्रमुखका सचिवालय प्रमुख धनन्जय न्यौपानेले गर्नुभएको थियो

प्रकाशित भएको : October 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु