हात्तीको पिठ्युँबाट जब बाबा रामदेव एक्कासी तल खसे ।

 

एजेन्सी
भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सोमबार भएको घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो ।

हात्ती सुरुमै चल्मलाउँदा त रामदेवले वास्ता गरेनन् तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल खसे । रामदेव तल झर्ने वित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाएको देखिन्छ ।
त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले रामदेवलाई मजाकमा उडाएका छन् ।

प्रकाशित भएको : October 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु