राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि भएको ट्विटर मार्फत जानकारी

 

काठमाडौं
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष थापाले आफूलाई कोरोना संक्रमण भएको बारेमा सामाजिक सञ्चाल ट्विटरमार्फत सूचना सार्वजनिक गरेका छन् ।

थापाले कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राख्दाराख्दै सामान्य टाउको दुखेपछि पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

थापाले ट्वीटमा लेखेका छन्, ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइका कारण कोभिड–१९ पीसीआर परीक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ । अवस्था सामान्य छ । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनुहुन अनुरोध गर्दछु।’ 

प्रकाशित भएको : October 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु