सुदुरपश्चिम प्रदेशका सांसदहरूले टीकापुरमा रहेको जनशक्ति नमुना सामुदायिक वनको गरे अनुगमन ।

 

चन्द्र खनाल / लम्की

सामुदायिक वन उपभोक्ता महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनको मर्म अनुसार , गरिब , विपन्न , आदिवासी , जनजाति उपभोक्ताहरूको लागि काम गर्दै आएको नमुना वन जनशक्ति नमुना सामुदायिक वनको शुक्रबार अनुगमन गरिएको छ ।

कैलालीको टीकापुर नगरपालिका वडा नं २ मा रहेको जनशक्ति नमुना सामुदायिक वनले हालसम्म सम्पन्न गरेका गतिविधिहरू , आगामी दिनहरूमा गर्ने योजना तथा डिपिआरका विषय , आय आर्जनका कामहरू वनका समग्र गतिविधिका बारेमा जनशक्ति नमुना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिर्घ तिरुवाले प्रस्तुत गर्नु भएको थियो ।

अनुगमनमा सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री , प्रदेश सांसद दिर्घ सोडारी , प्रदेशसभा सदस्य चुन कुमारी चौधरी , पुर्णा जोशी , महेशदत्त जोशी , अम्बर साउँद , सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य नेत्रप्रसाद खनाल , सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावल , नेकपाकी नेतृ लक्ष्मी शाही , नेपाली कांग्रेसका नेता भिम प्रसाद जैसी , पत्रकार तथा रेडियो सुनौलो एफएमका प्रबन्ध निर्देशक खकेन्द्र जैसी , पत्रकार गगन कठायत , समाजसेवी जनक खड्का लगायत पत्रकार तथा सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
अनुगमन टोलीले टिकापुरको जनशक्ति नमुना सामुदायिक वनको अनुगमनसँगै वनको बृहत्तर विकासका लागि छलफल तथा पर्यटकीय क्षेत्र निर्माणका विषयमा छलफल भएको थियो ।

अनुगमन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीले वन पर्यटकीय दृष्टिकोणले संम्भावना रहेकाले सबैसँग समन्वय गरेर अगाडि बढ्न र आफ्नो तर्फबाट गर्नुपर्ने पहल गर्ने बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश सांसद तथा महिला नेतृ चुन कुमारी चौधरीले वनलाई अगाडि बढाउन आवश्यक पहल गर्ने र समावेशीका हिसाबले गरिब , विपन्न , आदिवासी , जनजाति , दलित सबैको सहभागीता यो वनमा रहेको बताइन् । सांसद चौधरीले पर्यटकीय हिसाबले यो वनको संम्भावना धेरै भएको र यो वनसँगै जोडिएको बर्दियाको कोठियाघाट लगायत समग्र सुन्दरताको पहिचान भएकाले यसमा धेरै पर्यटक भित्र्याउन सकिने संम्भावना रहेको बताएकी छन् । सांसद चौधरीले वनले नेपालको करिब आधा जनशक्तिलाई व्यवस्थापन गरेको समग्रमा वनले राम्रै गरेको र थप अझैपनि व्यवस्थित गर्न आवश्यक रहेकोमा समेत जोड दिएकी थिइन् ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सांसद महेशदत्त जोशीले आर्थिकको समस्या भन्दापनि योजनागत हिसाबले काम गरेको खण्डमा आर्थिक अभाव नहुने बताउनुभयो । सांसद जोशीले वनले आफ्नै आम्दानीका स्रोत पनि बनाउनुपर्ने र अरूको भर कम पर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सबै राजनीतिक दलहरूले सर्वसम्मत नमुना पार्कको लागि नगरपालिकाबाट निर्णय गर्नुपर्ने बताए । सांसद जोशीले सुदुरपश्चिम प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सहयोगका लागि आफुहरू पहल गर्ने समेत बताएका थिए ।

प्रकाशित भएको : October 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु