6 months ago

Kathmandu
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘ममा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् ।
यसअघि शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना पुष्टि भएको थियो ।
प्रकाशित भएको : October 19th, 2020
प्रतिकृया दिनुहोस्