प्रदेश सांसद चुन कुमारी चौधरीको पहलमा गोदावरी बडेहामा पुलको शिलान्यास ।

 

लम्की
कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको कुटि बडेहा खोलामा पक्की पुल बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीको पहलमा प्रदेश सरकारको बजेटवाट पुल बन्ने भएको हो । पुलको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । प्रदेश सांसद चौधरीले सुरुमै पुल निर्माणको कामको थालनी गर्न लगाउदै आज शिलान्यास गरेकी हुन् ।

शिलन्यास अघि नै पुलको काम ५ देखि ७ प्रतिशत भैसकेको छ । पुलको शिलन्यास गर्दै सांसद चौधरीले आफ्नो गृह क्षेत्रमै रहेको खोलामा बर्षौदेखी पुल बन्ने सपना बोकेका स्थानियहरु पुल निर्माणका लागि निरन्तर आवाज उठाउदै आएको बताइन् । उनले आफु निर्वाचित भैसकेपछि सबै भन्दा पहिला स्थानियहरुलाई तत्काल आवश्यक रहेका आधारभूत आवश्यकताहरु पुरा गर्नुपर्छ भन्ने हेतुले प्रदेश सरकारवाट बजेट हाल्न लगाएर पुल निर्माणको काम सुरु गरेको बताइन् ।
सो खोलामा पुल नहुदाको पिडा आफुले पनि प्रत्यक्ष भोगेको बताउदै उनले पुल बनेपछि वडा नं ६ का आधा दर्जन बढी गाउँटोलका स्थानियहरुलाई आवातजावतमा सहज हुने बताइन् । उनले पुलको निर्माणको अबधि १८ महिनाको तोकिएपनि तोकिएको समय भन्दा अगाबै काम हुनेमा ढुक्क रहन स्थानियहरुलाई आग्रह गरिन् । उनले आफुले आफ्नो निर्वाचन क्षेत्रका हरेक कुना काप्चामा पुगेर जनताहरुका आधारभूत आवश्यकताहरुलाई बुझेर समाधान गरिरहेको बताइन् । यस्तै उनले आगामी विकास निर्माणका लागि पनि छुटै योजना बनाएर अगाडी बढेको बताईन् ।

चौधरीले आफु निर्वाचित भैसकेपछि महिलाहरुको विकासका लागि महिला सशक्तिकरणका कार्यक्रम, खानेपानीका योजना निर्माण, सिचाई र सडक निर्माणका लागि काम गरेको बताइन् । यसमा सबै जनताहरुको सकारात्कम साथ र सहयोग पाएको हुदाँ आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताइन् । पुल नहुदाँ निकै समस्या खेपिरहेका स्थानियहरु पुलको शिलन्याश भएपछि निकै हर्षित भएका छन् ।

प्रकाशित भएको : October 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु