कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो छ ब्यवस्था (तालिका सहित)

 

काठमाडौं,

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आज बोर्डको परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा ९ मंसिरबाट शुरु भई १६ मंसिरसम्म हुने तय भएको छ ।

८ वैशाखबाट तय भएको परीक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएकोमा सरकारले सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा विहान ८ बजे देखि साँढे ९ बजेसम्म हुने जनाइएको छ ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल ले जानकारी दिए ।

कोरोना संक्रमितलाई यस्तो व्यवस्था

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ’ बोर्डले भनेको छ, ‘त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।’

कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

बोर्डले गत भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

प्रकाशित भएको : October 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु