प्रिय दसैँ मैले यसपाली तिमीलाई शुभकामना दिन सकिन ल ।

 

क्षितिज सापकाेटा

प्रिय दसैँ सरी ल

प्रिय दसैँ मैले यसपाली तिमीलाई शुभकामना दिन सकिन ल !

हामि रैतिहरु कसरी पिसिआर टेस्ट गर्ने ?

रिर्पोटनुसार उपचार कसरी गर्ने भन्ने पीडाको कोशीमा डुविरहेका वेला

संस्कृतिको जर्गेना ….

ल ठिकै होला ..

तर विजयको उत्सबको रुपमा मनाईने विजया दशमी

कुन विजयको उत्सबको रुपमा मनाउँ हामी ?

प्रिय साथी संगी, आफन्तजन, इष्टमित्र तथा शुभचिन्तकहरु

रिसानि माफहोस् यसपाली

दसैँको शुभकामना

हजुरहरुसंगै साटासाट गर्न सकिन ।

बुढा बाबा आमालाई भेटन्

र आशिष लिन,

तोके भन्दाबढी भाडा तिर्न राजी

अरबमा भएको मेरो दाइ

विमानस्थलमा आएर रुदैँ पुन कमरामा फर्कन पर्यो ,

बाबा आमा छोरा आउने आशामा दिन रुुङ्दै बस्नु पर्यो,

नेपाली ध्वाजाबहाक

अरबको हावा खाएर

रित्तै स्वदेश फर्कियो …

प्रियजन ,

यस्तो अवस्थामा

म कसरी तपाईंसंग साट्न सक्छु दसैंको शुभकामना ?

दैनिक हजारौ साथी संगी थला पर्ने र मर्ने प्रक्रिया चलिरहँदा

यसैलाई विजय उत्सब मानेर

कसरी गरौं

दसैँको शुभकामना साटासट ??

जनता कसरी खाने र बाच्ने भनेर चिन्तै चिन्तामा

चिता पुग्न लागेको समय …

टुलुटुलु हेर्दै …

यो संकटको बेला

दसैँ हर्सोलासको खर्च चाटेरै लिने लोभि, पापी दुष्ट नेताहरुले जितेको खुशिमा

के तपाईंसंग दसैँको शुभकामना साटासाट गरौँ म ??

झन्डै ..वर्ष पुग्नै लाग्यो

मेरा भाइबहिनीहरुले स्कुल नदेखेको,

स्कुल बस नचढेको,

साथीसंगीसंग नभेटको

तर शैक्षिक माफियाले वर्षभरीको फि बुढा बाबा आमाको थाप्लोमा बोकाइदिएपछि

जनता बचाउने औषधीमा

मन्त्री र नेताहरुले र्याल चुहाएपछि

नक्कली औषधीमै

जबरदस्त जिवन देख्न बाध्य हुँदा

म कसरी तपाईंसंग

दसैँको शुभकामना

साटासाट गर्न सक्छु ?

त्यसैले प्रिय मेरा आफ्न्तजन शुभचिन्तकहरु

म कुन हर्ष बढाइको रुपमा

म कुन उत्सबमा शुभकामना दिउ ??

यसपालि मैले शुभकामना लिन र दिन सकिन

सरि ल….!!!

प्रकाशित भएको : October 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु