नेपाली कांग्रेस कैलाली क्षेत्र नंं २ कि कोषाध्यक्ष रेग्मीको अन्त्यष्टी

 

चन्द्र खनाल / लम्की

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष महिला नेतृ , न्यायिक समिति लम्कीचुहा नगरपालिका वडा नं ९ कि संयोजक , अन्तरपार्टी महिला सञ्जाल लम्कीचुहाकी पुर्व उपाध्यक्ष स्वर्गिय भागिरथी रेग्मीको आज शुक्रबार ७ गते कर्णाली चिसापानीमा अन्त्यष्टी गरिएको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य , पुर्व मन्त्री , संविधानसभा सदस्य , कैलाली निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महोनसिंह राठौर , नेपाली कांग्रेसका महासमिति सदस्य , युवा नेता कमलबहादुर शाह, महासमिति सदस्य लोकप्रिय युवा नेता अरुण कुमार चौधरी, पुर्व महासमिति सदस्य तथा प्रदेशसभाका उम्मेदवार हिमबहादुर रावल, पुर्व महासमिति सदस्य , कांग्रेसका पुर्व क्षेत्रीय सभापति घनश्याम जोशी, क्षेत्रीय सभापति भक्तबहादुर थापा, पुर्ब क्षेत्रीय सभापतियुवा नेता देवानन्द जैसी , नेपाली कांग्रेस लम्कीचुहाका नगर सभापति रामबहादुर विष्ट , नेपाली कांग्रेसका नेता खडानन्द सापकोटा , नेपाली कांग्रेसका युवा नेता टेकराज कठायत लगायतका नेता कार्यक्रताले रेग्मीको पार्थिव शरीरमा नेपाली कांग्रेसका झण्डा तथा पुष्प गुच्छा मार्फत अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैगरी अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष समेत रहेनु भएकी स्वार्गीय रेग्मीको पार्थिव शरीरमा अन्तरपार्टी महिला सञ्जालको झण्डा ओढाएर महिला नेतृ नन्दा शाही, शुशिला शाही, गिता गड्तोला थापा, सुमन सञ्ज्याल , रंगा भट्टराई , शिवा थापा लगायतका महिलाहरुले समेत अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

रेग्मीको निधनले नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ मा अपुरणीय क्षति भएको नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह राठौरले बताउनु भएको छ ।

नेपाली कांग्रेसका युवा नेता , महासमिति सदस्य कमल बहादुर शाहले रेग्मीको अभाव सधैं खट्किरहे बताएका थिए ।

नेतृ रेग्मीको अन्त्यष्टीमा हजारौंको सहभागीता रहेको थियो ।

प्रकाशित भएको : October 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु