रेडक्रसद्वारा बाढी तथा पहिरो प्रभावितलाई नगद सहयोग हस्तान्तरण ।

 

लम्की/ कार्तिक ७

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले मोहन्याल गाउँपालिकाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई नगद सहयोग वितरण गरेको छ ।
गत साउन १३ गते राती आएको बाढी र पहिरोबाट विस्थापित भएका मोहन्याल गाउँपालिका वडा नम्बर ६ र ७ का २७ परिवारलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा उक्त नगद राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री लोकराज जोशीले जानकारी दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाका सभापति दानबहादुर बोहराको सभापतित्वमा भएको नगद सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मोहन्याल गाउँपालिका वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष शंकर सिंह बिष्ट रहनुभएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशी, कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, उपमन्त्री राकेश हमाल, उपकोषाध्यक्ष गोबिन्द जोशी, कैलाली सदस्य दिनेश लामिछाने, बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, प्रतापपुर उपशाखा सभापति खडक चौधरी , बलिया उपशाखा सचिव बिनोद आचार्य लगायतकाहरुको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुगरखाल उपशाखाका उपसभापति नन्दाराम बिष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव सुर्यबहादुर शाहीले गर्नुभएको थियो ।

प्रकाशित भएको : October 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु