नेकपा मोहन्याल वडा नं ३ को दशैमिलन शुभकामना सम्पन्न

 

लिलाजङ्ग शाही / बौनिया
कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ३ फलेबिसौना नेकपा मोहन्याल गाउँ कमिटी अन्तरगत वडा नम्बर ३ वडा कमिटीको आयोजनामा दशै मिलन शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

वडा कमिटी अध्यक्ष जङ्ग बहादुर बगालेको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा जिल्ला कमिटी कैलालीका अध्यक्ष एबम सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा प्रमुख अतिथी रहनु भएको थियो । वडा कमिटी सदस्य बिरेन्द्र बिक को स्वागत मन्त्व्य संगै सुरु भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य कमल बटाला,मोहन्याल गाउकमिटी अध्यक्ष देविदत्त उपाध्याय ,गाउ कमिटि सचिव भुमिनन्द जैसी,, वडा न ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी ,किसान नेता खडक देवकोटा नव प्रबेशी एलिना केसीले शुभकामना मनतब्य राख्नु भएको थियोे ।
कार्यक्रमको संचालन बिष्णु बुढाले गर्नु भएको थियो । कार्यक्रम समाज बादी पार्टी , काङ्ग्रेस परीत्याग गरि ५९ जना नेकपामा प्रवेश गरेका नेकपा वडा न ३ का इन्चार्ज भवानी प्रसाद देवकोटाले जानकारी दिए ।

प्रकाशित भएको : October 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु