घर लिप्ने माटो खन्न गएका दुई महिलाको ढिस्कोले पुरिएर मृत्यु

 

जाजरकोट

दसैंमा घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार दुईजना महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।

जिल्लाको छेडागाड–३ दशेरा चुवाकी ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहालको डिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृत्युु भएको स्थानीयको भनाइ छ।
अन्नपुर्ण पोष्टमा खवर छ

प्रकाशित भएको : October 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु