राति टाइट ‘ब्रा’ लगाएर सुत्ने बानी छ ? आजै बाट छाड्नोस् त्यस्तो बानी

 

एजेन्सि ।

कतिपय महिलाले टाइट ब्रा लगाउने गरेका हुन्छन् । तर, यस्तो ब्रा लगाएर सुत्ने गरेमा यसले उल्टो बेफाइदा गर्छ । राती ब्रा लगाउनै पर्छ भने पनि खुकुलो ब्रा लगाउने गर्नुपर्छ ।

राति सुत्दा ‘ब्रा’ खोलेर सुत्दा हुन्छन निम्न फाईदा

१) सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ । अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

२) ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

३) शरीर पूरै ‘रिल्याक्स्ड’ भयो भने मात्र गहिरोसँग निदाउन सक्छ । यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस् । टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ । पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन ।

४)सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ ।

५)टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

६)गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ । त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ ।

७) टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो । टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन् ।

किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ । वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ ।

महिलाले राति सुत्दा ब्रा लगाएर सुत्ने की नलगाई सुत्ने ?

कैयौं महिलाहरुले राति सुत्दा ब्रा फुकालेर सुत्ने गर्दछन् भने कयौंको सोच ब्रा लगाएर सुत्नुपर्छ भन्ने हुन्छ ।

बास्तवमा स्वास्थ्यको दृष्टीले ब्रा लगाएर सुत्दा राम्रो कि नलगाई भन्ने धेरैलाई ज्ञान नहुन सक्छ ।

एक अध्यायनका अनुसार दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ ।

भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः

रक्तसञ्चार सुचारु हुन्छ

ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग बस्दैन
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा पर्छ
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

आराम हुन्छ
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

स्तनसम्बन्धी रोग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।

पसिना आउँदैन
सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

क्यान्सरको जोखिम कम गर्छ
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।

प्रकाशित भएको : October 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु