सञ्जिव लामिछानेलाई दर्शकको साथ ‘रातो रिवन कालो कपालमा’ ट्रेण्डिङमा अगाडि बढ्दै (भिडियो सहित)

 

पोखरा,

पोख्रेली गायक सञ्जिव लामिछानेको नयाँ गित रातो रिवन कालो कपालमा युट्युबको ट्रेण्डिङमा पर्न सफल भएको छ ।

सञ्जिव लामिछाने र अञ्जु पन्तको स्वरमा रहेको सो गितलाई छोटो समयमैयुट्युबमा करिब ४ लाख पटक हेरिएको छ ।

टिकटकमा यो गितमा टिकटक बनाउनेको जमात पनि उत्तिकै बढेको छ । यो गित पछिल्लो हप्ता सामाजिक संजालमा भाइरल नै बनेको छ ।

यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगितमा रहेको यो गित ए प्लस स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियोमा पछिल्लो समय युवाहरुले निकै मन पराएको कार्टुन क्रयुका पात्रहरु, सरोज अधिकारी, आश्मा विश्वकर्मा सहित सुधिर शर्मा, सञ्जिव लामिछाने र बसन्त अधिकारीले अभिनय देख्न सकिन्छ ।

डिभाइन मिडिया मार्फत युट्युबमा सार्वजनिक गरिएको गित दर्शक श्रोताको रोजाइमा परेको हो ।

यस अघि ३ वटा आफ्नै लय, शब्द र स्वर भरेका पोखरेली गायक सञ्जिव लामिछानेको केहि समयमा अर्को गित पनि बजारमा आउने तयारीमा रहेको गायक लामिछानेले जानकारी दिनुभयो ।

चौरीको छुर्पी चपाउदै, शुसेलीले बोलाउने, घरी घरी हावा उहाँका पुराना गित हुन् । अब केहि समयमा नै आकाशैको झिलमिली तारालाई गित सार्वजनिक हुने लामिछानेले बताउनुभयो ।

प्रकाशित भएको : October 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु