एकाएक कमल थापाले किन गरे यस्ताे खुलासा , के यस्ताे संकट आउला?

 

काठमाडौं।

अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बन्न सबैलाइ आग्रह गरेकी छिन् ।

सामाजिक संजालमा आज एक सन्देश दिँदै अध्यक्ष थापाले भारत र चीनसंगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ ।

नेपालका लागि भारत र चीनसंगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी काँग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन्।

राप्रपा अध्यक्ष कमल थापा लेख्छन्,‘भारत र चीनसंगको सम्वन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो। तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।देशको स्वतन्त्रता÷अस्तित्ववारे समयमै सचेत बनौं ।’

प्रकाशित भएको : October 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु