‘मात्रिका प्रसाद यादव पागल हो’ : मण्डल

 

काठमाडौं ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले आफ्नै पार्टीका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवलाई पागको संज्ञा दिएका छन् ।

आज विहा नेपाली नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले तपाईले प्रदेश नम्बर २ मा पार्टी फुटाउनको लागि पहल गर्नुभयो अरे ? आफ्नै पार्टीका कार्यकर्ताका हत्यारालाई संरक्षण गर्नुभयो अरे ? के यो साँचो हो ? भनेर सोधेको प्रश्नमा उनले भने,‘कसले भन्छ ? कुन नेताले भन्नुभयो ।’

लगत्तै धमलाले तपाई राजकुमार गुप्तालाई बचाउन लाग्नुभयो अरे ? संरक्षण गर्नुभयो अरे ? तपाई हत्यारालाई बचाउन लाग्नुभयो भनेर मसँगको कुराकानीमा मात्रिका प्रसाद यादवले भन्नुभएको छ भनेर कुरा राख्न नपाउँदै मण्डलले भने,‘मात्रिका प्रसाद यादव पागल हो । मात्रिका यादवहरु र फरक गुटकाहरुले यस्तो आयोजना गरेर त्यस्तो भएको हो ।’

उनले आफूलाई हत्यारालाई संरक्षण गरेको भनेर आरोप लाग्नु गलत भएको उल्लेख गर्दै आजसम्म मात्रिका यादवले कति मान्छेलाई मारेको होला ? भनेर उल्टै प्रश्न गरे । मुकेश चौरसियालाई मार्ने काम नागेन्द्र चौधरी, रामचन्द्र साह, मात्रिका यादव र माधव नेपाल गुटले गरेको हो भन्दै उक्त स्पटमा राजकुमार गुप्ता नभएको उनको जिकिर छ । उनले भने,‘राजकुमार गुप्ता कसरी अपराधी भयो ? त्यो भन्नुपर्यो । जसलाई जे मन लाग्यो, त्यही गर्न पाईन्छ ?’कार्यक्रम कसले गुटको आधारमा आयोजना गरेको थियो ?

प्रकाशित भएको : October 31st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु