भारतका नेपाली सीमामा चाइनीजका कोठी देखि पसल, भाषा कक्षासम्म, भारत टाट पल्टिदै !

 

वीरगञ्ज ।

चीनको सबैभन्दा ठूलो रणनीतिको पर्दाफास भन्दै नेपाल र चीनलाई जोडेर अहिले भारतिय सञ्चार माध्यममा एक स्थलगत रिपोर्ट प्रकाशन प्रशारण भइरहेको छ । जसमा भारतलाई साईजमा ल्याउँन नेपाल–भारत सीमा क्षेत्रमा चीनीयाँ युवतीका कोठी देखि चाइनीज कोचिङ्ग कक्षासम्मको खुलासा भनिएको छ ।

रिपोर्टमा भनिएको छ । चीन भारतलाई साइजमा ल्याउनका लागि सबै खालका हर्कत गर्न तयार छ । छिमेकी नेपालको आडमा भूमि अतिक्रमण मात्र हैन अब चीनको नजर नेपाली युवामाथी परेको छ । बिहार नेपालको सीमावर्ती इलाकामा नेपाली युवाहरुलाई चीनद्वारा अति कम शुल्कमा आफ्नो भाषा पढाइरहेका छन् ।

त्यहाँ धेरै कोचिङ्ग क्लास शुरु भइरहेका छन् । नेपाल सरकारले कहिलेकाही विद्यालय तहमा नै चीनियाँ भाषा बढाउने बहस झिक्नु र नजानिदो तरिकाले तराई क्षेत्रमा चीनियाँ भाषा पढाउन सुरु गर्नु चीनको ठूलो रणनीति हुनसक्छ भनिएको छ । त्यति मात्र हैन । भाषा पढाईमा आकर्षित गर्न चीनले चीनियाँ युवतीहरु नै खटाएको छ । उनीहरुले कोठीमा हुने जस्तै हर्कत गरेर युवाहरुलाई भाषा पढाईमा आकर्षित गरिरहेका छन् । गणेश शंकरको रिपोर्ट

मधेशको ठाउँमा व्यापारमा समेत चाइनीज महिला देखिन थालेका छन् । त्यहाँको ठूला व्यापारीसँग आफ्नो हिस्सा (साझेदारी) को जाल बुनेर अब भारतबाट सिधा सामान ल्याउने मधेशका क्षेत्रहरुमा चीनले पकड जमाइरहेको छ । त्यहाँ चाइनीज महिलाहरु व्यपारीको रुपमा आउन थालेका छन् ।

स्थानीय व्यपारीहरुलाई चीनमा खरिदका लागि सहयोग गर्ने र भारत भन्दा सस्तो मुल्यमा चीनबाट सामान ल्याउन रणनीति भएका कारण व्यपारीहरु भारत जान छोडेका छन् । दुरी धेरै भएपनि उनीहरु चीनका नाका जान थालेका छन् । यसले भारतको अर्थतन्त्रमा ठूलो असर परेको छ । गोरो छालामा मोहीत हुने भएकाले तराईका क्षेत्रमा चीनले सुन्दरी महिलाहरु प्रयोग गरेको छ ।

यसले गर्दा अब भारतलाई ठूलो असर पर्ने देखिन्छ । तराई क्षेत्रका व्यपारीहरुलाई चीनमा तान्नका लागि अहिले त्यहाँ चाइनीज भाषा पढाइ हुन थालेको छ । भाषा जान्ने भएपछि एकीन साथ भन्न सकिन्छ की अब नेपालको मधेशपनि चीनसँग नै भर पर्नेछ । किनकी त्यहाँ सस्तोमा सामान खरिद गर्न पाउँछन् ।

नाफा धेरै हुने भएपछि उनीहरु चीनसँग नै व्यपार गर्नेछन् । विहारको सीमा क्षेत्रका ठूला व्यपारीहरु समेत अब भारतको नाका सँधै बन्द भएपनि हामीलाई केही फरक पर्दैन भन्न थालेका छन् । स्थानीय व्यपारीका अनुसार अहिले ट्रकका ट्रक सामानहरु चीनदेखि नै आउँछ । अर्को झस्किनै पर्ने कुरा के छ भने इतिहासको सदियौँ देखि भारतबाट नेपालका लागि चाहिने सामान आउँथे अहिले उल्टो हुन थालेको छ ।

भारतको सीमा क्षेत्रका नागरिकहरु सामान किन्न नेपाल जान थालेका छन् । चाइनाबाट आएका राम्रा सामान सस्तोमा किन्न पाउने भएपछि भारतियहरु समेत नेपाली सीमा क्षेत्रका बजार जान थालेका छन् । यसले भारतको ठूलो अर्थतन्त्र नेपाल जान थालेको छ । जानकारी अनुसार नेपालको पर्सा जिल्लाको बीरगञ्जको अलखिया मठ नजिक एउटा यस्तो पसल शुरुवात गरिएको छ की जहाँ ३० देखि ३५ जना चाइनीज महिलाहरु छन् ।

त्यहाँ अहिले नेपालको तराई क्षेत्रलाई चीनको बजारमा बानी पार्नका लागि आफ्ना देशका सामान बजार मुल्यमापनि आधा दरमा बिक्रि गरिरहेका छन् । यति मात्र हैन यस्तो हर्कत नेपाल भारत सीमा क्षेत्र विहार रहेको नेपाल तर्फको सीमावर्ती क्षेत्र बीरगञ्ज देखि विराटनगरसम्ममा यस्ता कयौँ पसलहरु खुलेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को असर गरीब असहाय नेपालीमा परेको र यहाँका युवालाई चीनको सस्तो बजारमा जोड्न । र साथ सहयोग रोजगारी दिन भन्दै चाइनीज भाषा पढाइ भइरहेको छ । यहाँ कयौँ युवाहरु अहिले चाइनीज भाषा पढिरहेका छन् । यसमापनि नगन्य शुल्क लिइएको छ । दर्जनौँ भाषा केन्द्रहरु नेपाल भारत सीमा क्षेत्रमा खुलेका छन् ।

नेपालमा चाइनीज सामान अहिले भरिभराउ हुन थालेको छ । त्यहाँ बिक्रि भइरहेको सस्ता सामान भारतीयहरुपनि ठूलो संख्यामा पुगेर खरिद गरिरहेका छन् । नेपाली सीमा क्षेत्र रहेको भारतिय क्षेत्रमा अहिले नेपालबाट ल्याएका सामान भरिन थालेका छन् । त्यहाँका व्यपारी भारतका ठूला सहरमा सामान खरिद गर्न जान छोडेका छन् ।

नेपाल गएर ट्रकमा सामान उठाइरहेका छन् । यसले अब नेपाल र भारतमा चीनले आफ्नो बजार नसोचेको ढंगले फैलाउँदैछ । यसका लागि नेपाल भारत खुला सिमानाको फाइदा चीन उठाउदैछ । भारतसँग सीमा जोडिएको चीनियाँ क्षेत्रमा सुरक्षा व्यवस्था एकदम कडा छ । त्यहाँ सहज व्यपार सम्भव छैन । उनीहरु भारतिय व्यपारी सिधा चीनमा सम्पर्क राखेर चीन घुसेको मन पराउँदैनन् ।

तर नेपाल आएर चीनको समान सस्तोमा किनाएर भारतभरी आफ्नो पकड जमाउँने चीनको रणनीति नजानिदो तरिकाले फैलिसकेको छ । यसरी ठूलो नाफा कमाउन सक्ने साथै धेरै जनसंख्या रहेको नेपाली मधेशको भूमि र त्यो भूमिसँग सीमाना जोडिएका भारतिय क्षेत्रमापनि अत्याधिक जनसंख्या छ । यसैले चीन अब लोभिएको छ ।

चीनलाई तिब्बत दुनियाँले सोच्नै नसक्नेगरी विश्वकै विकसित क्षेत्र बनाउँनु छ । किनकी त्यो भूमि उसले हडपेर ल्याएको हो । यसैले अहिले चीनले तिब्बतको विकासमा जोड दिएको छ । कुनैपनि क्षेत्रको तिब्र विकासका लागि त्यहाँको व्यपार फस्टाउनु पर्यो । त्यो क्षेत्रका मानिसले विदेशी पैसा आर्जन गर्नुपर्यो । त्यही गर्नका लागि चीनको केन्द्र सरकारले नेपाल पुरै व्यपारमा कब्जा गर्ने र नेपाली भूमि मार्फत भारतको ठूलो जनसंख्या रहेको क्षेत्रमा आफ्ना सबै सामान बिक्रि गर्ने रणनीति लिएको छ । यसका लागि चीनले सबै हर्कत प्रयोग गरिरहेको छ ।

त्यहाँ सीमा क्षेत्रका युवालाई आफ्नो पहुँचमा पार्न महिलाहरु प्रयोग गरिएको छ । चाइनीज महिला व्यापारीले युवाहरुलाई मोह जालमा फसाइरहेका छन् । आफ्नो देशको इशारामा नचाउँन युवाहरुलाई असमाजिक कार्यका लागि समेत उक्साइरहेका छन् ।

उनीहरु अघोषित कोठी जस्तै व्यवहार गर्छन । त्यहाँबाट उनीहरुले नेपाल चीन सीमा क्षेत्र खास्सा सम्म पुर्याउँछन् । त्यहाँ मसाज पार्लरका नाममा खुलेरै कोठी चलेका छन् । नेपाली तराईका युवाहरु त्यस्तो गतिविधिका लागि चीनसम्म पुग्छन् । यसैले अब उनीहरुलाई भाषा जरुरी छ । यसैले भाषा सिकाइरहेको छ । यो भारत भारत घर्ने अहिलेसम्मकै भयान रणनीति भएको उक्त स्थलगत रिपोर्टको दावी छ ।

प्रकाशित भएको : November 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु