आज कुकुर तिहार की लक्ष्मीपूजा ? यमपंचक चार दिन ? कसरि

 

काठमाडौं ।

यो सालको भाइटीका मंसिर १ गते कि २ गते ? विवादले यतिबेला सांस्कृतिक क्षेत्रमा तरंग सिर्जना गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले ४ दिनमा सम्पन्न हुने गरी तिहारको तिथि तय गरेपछि काठमाडौंका नेवार समुदायले आपत्ति जनाएका छन् । त्यसपछि यो विवाद अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि सतहमा आएको छ ।

दसैंमा शक्तिका लागि नवदूर्गाको आराधना गर्ने गरिन्छ भने तिहारमा समृद्धिका लागि लक्ष्मीको आराधना गर्दै मनाइने तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाउने गरिन्छ । तर यो वर्ष तिथिको गडबढीले चारदिनमा नै तिहार सम्पन्न भएपछि एकाथरीले यसको विरोध गरेका छन् ।

यमपञ्चकको पहिलो दिन अर्थात् कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार, आयुर्वेदका भगवान् धन्वन्तरी जयन्ती, साँझमा यमद्वीप र लक्ष्मीलाई खुसी बनाउने विभिन्न गरगहना किनेर धन्तरेश पर्व पनि मनाउने गरिन्छ । यही दिन मनाइने चारवटा पर्वमध्ये पनि उदय तिथिमा कागको पूजा गरिन्छ भने साँझको समयमा यमदीप बाल्ने चलन छ । त्यसैले यो वर्ष तिथिको आधारमा पर्व मनाउनेहरूले यमदीप बाल्ने र कागको पूजा फरक–फरक दिनमा मनाएका छन् ।

तिथिअनुसार त्रयोदशी तिथि बिहीबार साँझ ६ बजेर ३१ मिनेटदेखि नै सुरु भएको थियो । त्यसैले बिहीबार साँझ नै कागतिहारको दिन साँझ मनाइने यमदीप भने बालिएको छ । तर, कागतिहारको दिन बिहानमा गर्नुपर्ने काग पूजा, लक्ष्मीलाई मनपर्ने बहुमूल्य सामग्रीसहितको धन्तरेश भित्र्याउने र धन्वन्तरी जयन्ती भने शुक्रबार मनाउने पञ्चाङ्ग निर्णायक समितिले तय गरेको छ ।

शुक्रबार अपराह्न ४ बजेर १२ मिनेट जाँदासम्म त्रयोदशी तिथि रहेकोले कागतिहार शुक्रबार नै मनाइएको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । सामान्यतया कागतिहार, कुकुरतिहार, गाइतिहार र गोबर्द्धन पूजा बिहानमा गरिन्छ भने लक्ष्मीपूजा साँझमा गर्नुपर्ने विधान छ ।

त्यस्तै, यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । यो साल कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक २९ गते शनिबार एकै दिन परेको छ । शुक्रबार अपराह्न ४ बजेर १२ मिनेटदेखि लाग्ने चतुर्दशी तिथि शनिबार बिहान एक बजेर ४९ मिनेटसम्म जारी रहन्छ । शनिबार बिहान नरक नुहाउने गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीको दिन नरक नुहाउँदा सूर्याेदयभन्दा अगाडि नै नुहाउनुपर्ने भएकाले शनिबारका लागि तय भएको हो ।

त्यस्तै, कात्तिक महिनाको औंसी तिथिको अर्धरात्रिमा लक्ष्मीपूजा मनाउनुपर्ने विधान छ । शनिबारको दिन बिहान तिथि चतुर्दशी भए पनि राति औंसी हुने र अर्काेदिन राति औंसी तिथि बाँकी नरहने भएकोले शनिबार नै लक्ष्मीपूजा समेत मनाउनु परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले जानकारी दिए ।

कात्तिक २९ गते दिउँसो १ बजेर ४९ मिनेट जाँदादेखि ३० गते बिहान ११ बजेर २७ मिनेट जाँदासम्म औंसी तिथि पर्छ । तर औंसीकै बिहान गरिने गाईपूजा लागि भने लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् कात्तिक ३० गते गरिने भएको छ । गोबद्र्धन पूजा पनि सोही दिन गरिने छ ।

Online khabar मा खवर छ

प्रकाशित भएको : November 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु