
कोरोना भाइरस बाट मृत्यु भएकाको श’व व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले भविष्यमा देशभित्र कोरोना भाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार ६० वर्षभन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई श’व नजिक जानबाट रोक्ने उल्लेख छ ।
बुधबार मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार आफन्तले कोरोना संक्रमितको श’व एक मिटर टाढाबाट मात्र हेर्न पाउने छन् ।
श’व लिन जानुपूर्व श’ववाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्ने छ ।
यस्तै, सद्गतमा सहभागी हुने मृतक परिवारका सदस्यले पनि ‘पीपीई’ लगाएर गर्नुपर्ने छ ।
मृतकको कुलधर्म अनुसार श’वको सम्मान गर्दै निजका उपस्थित आफन्तहरूलाई सुरक्षित राख्नुपर्ने छ ।
यस्तै, श’वलाई अस्पताल र घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरु र सद्गतमा सहभागी हुने मृतकमा आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने स्वास्थ्य मन्त्रालयका अनुसार झण्डै २३ सय जनाको परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्