ओलि समुहका ५३ कर्तुतहरु ,बैठकमा आलटाल गुट भेलामा हामफालाफाल

 

पछिल्लो समय बिबाद नै, बिबादका बिच गुज्रिरहेको छ! नेकपा,अर्थात् ओली नेतृत्वको सरकार ! आफ्नो पार्टीका बिबाद छताछुल्ल मैदानमा देखिएकै छ त्यसै बिचमा आफुले नेत्रीत्त्वो गरेको सरकार झन् अलोकप्रिय बन्दै गैरहेको देखिन्छ ! जनताका सबालहरु ज्युउका त्युउ रहेको जनाकारहरु बताउछन्!

सरकार अर्थात् ओली ! आफ्नै पार्टीका अर्का अध्यक्षका बिरुद्द जो जो सामाजिक सन्जालमा लागि पर्छन् उनिहरुलाई नै, राज्यको महत्वपूर्ण स्थानमा नियुक्ती दिएर प्रसय दिन लागि परेका छन् ! जस्तो पछील्लो समयको रेल बिभाग प्रमुख नियुक्ती उदाहरणको रुपमा लिन सकिन्छ ! त्यसो त कोरोना आतंकबाट पर्यटन देखी अर्थ ब्यबस्थासम्म डामाडोल अबस्था सिर्जना भएकै छ! सरकार अर्थब्यबस्था र सामान्य नागरिकका समस्याका सबालहरुको हल गर्नुको सट्टा भ्रस्ट्रचारीहरुलाई प्रसय दिदै छ! सरकारका बिबाधित गतिबिधीहरु यस्ता रहेका छन् !
जहाँ ओली समुहको बाहुल्यता देखिन्छ!

ओली समूहका ५३बिबादहरु

(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण। (२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार। (३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार। (४) राज्यकाे अर्बौं रकमले गुटकाे भरणपोषण। (५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का। (६) अनुदानकाे सामान छाेडेर नक्कली स्वास्थ्य सामग्री खरिद। (७) राष्ट्रिय गौरवका आयाेजनाबाट अर्बौंकाे कमिसन। (८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण। (९) सेक्युरिटी मेसिन खरिदमा ७० कराेडकाे बार्गेनिङ। (१०) सिण्डिकेट जाेगाएर अर्बौंकाे कमिसन र घुस। (११) संघीय सांसदलाई दिनदहाडै अपहरण। (१२) पार्टी फुटाउन दल बिभाजनकाे अध्यादेश जारी। (१३) निर्वाचन आयाेगमा नेकपा एमाले दर्ता। (१४) आलाेचकलाई सल्लाहकारकाे ज्यान मार्ने धम्की। (१५) देशद्राेही एमसीसी सम्झौता पारित गर्न जाेरजुलुम। (१६) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू। (१७) संवैधानिक अंगलाई गुटकाे भर्ती केन्द्रमा रुपान्तरण। (१८) मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला। (१९) मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक। (२०) पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण। (२१) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यकाे घाेषणा। (२२) संकटकाल लगाउन पटकपटक छलफल र प्रयास। (२३) चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि। (२४) मन्त्रालयहरुमा भ्रष्टाचारकाे सम्भावना खाेज्ने गिराेह गठन। (२५) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवराेध। (२६) बालुवाटारकाे जग्गा अतिक्रमण गर्ने नेताकाे संरक्षण। (२७) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव। (२८) खुलामञ्चमा निमुखालाई खाना बितरणमा राेक।

(२९) कुलमानलाई अवकाश, असक्षम सालाेलाई नियुक्ति। (३०) पर्सामा आफ्नै पार्टी कार्यकर्ताकाे हत्यारालाई संरक्षण। (३१) सरकारी अड्डालाई असक्षम गिराेहकाे भर्तीकेन्द्रमा रुपान्तरण। (३२) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापकाे बिल्ला। (३३) लिम्पियाधुराकाे चुच्चे नक्शा हटाएर भारतकाे विश्वास जित्ने प्रयास। (३४) रअ प्रमुखसँग मर्यादाविपरित गाेप्य रुपमा भेट र साँठगाँठ।
(३५) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घाेषणा। (३६) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या। (३७) लिम्पियाधुराकाे नक्शा भएको पुस्तक बितरणमा राेक। (३८) काेभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार। (३९) लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता। (४०) शितल निवास र बालुवाटारकाे सुविधामा वृद्धि। (४१) राष्ट्रपतिका लागि अर्बौं हेलिकाेप्टर र सुविधा। (४२) शितल निवासलाई गुटकाे हेडक्वार्टरमा रुपान्तरण।
(४३) संघीयताकाे अपमान, प्रदेश संघकाे इकाई भएकाे घाेषणा। (४४) संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयकाे खारेजी। (४५) समाजवाद छाेडेर दलाल नाेकरशाही पुँजीवादकाे अभ्यास। (४६) वामदेवलाई राष्ट्रियसभामा राेक्न अनेकौं प्रयास। (४७) सक्षम मन्त्रीहरुकाे बर्खास्ती, असक्षमहरुकाे नियुक्ति। (४८) डा. गाेविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण। (४९) मिडियालाई मुखपत्र बनाउने काेशिस, नमान्नेमाथि आक्रमण। (५०) आफूनिकटका आराेपी नेताहरुकाे संरक्षणमा अग्रसरता। (५१) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक। (५२) संसद बिघटन र मध्यावधि निर्वाचनका लागि प्रयास।
(५३) राजीनामा मागे प्रधानमन्त्रीकाे कुर्सी भाँच्ने सम्मका घाेषणा।
यध्यपि माथिका केही मुद्दाहरु फैसला हुन बाँकी र केही मुद्दाहरु अदालतमा प्रबेश मात्र गरेका छन् !

प्रकाशित भएको : November 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु