भारतीय सेनापतिको काउन्टरमा चिनिया रक्षामन्त्री के क्रिडास्थल बन्दैछ नेपाल??

 

काठमाडौँ /भारतीय सेनापति मनोज मुकुन्द नर्भाने नेपाल भ्रमण गरेको महिना दिन पनि पुग्न नपाउदै चिनिया रक्षामन्त्री नेपाल चिन सम्बन्धको ६५ ओं बर्सगाठ मनाउन मंसिर १४ मा नेपाल आउन लागेका हुन् | चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् |भारतीय सेनापतीं लगतै चिनिया रक्षामन्त्री नै नेपाल आउनु लाई सुरक्षा बिज्ञ हरुले बिसेस चासो को रुपमा हेरेको बुझियको छ |

प्रकाशित भएको : November 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु