5 months ago

कोरोना भाइरस संक्रमणबाट मृत्युहुनेको क्रम रोकियको छैनपहिलो ब्याटलमा खट्ने स्वास्थ्य कर्मीको निधन हुने क्रम पनि बढी रहेक्पो छ | कोरोना भाइरस संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको निधन भएको छ । कोरोना पुष्टि भई उपचाररत नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचारका गएराती करिव पौने ११ बजे निधन भएको हो ।
सप्तरीको राजविराज स्थायी घर भएका ५४ वर्षका देव सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ ३० वर्षदेखि स्वास्थ्य सेवामा आवद्ध हुनुन्थ्यो ।नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रिय कार्यसमितिले देवको निधनप्रति दुख व्यक्त गर्दै आफुले एक कुशल नेतृत्वकर्ता,निडर ,जुझारु र शसक्त ट्रेड युनियनकर्मी गुमाएको उल्लेख गरेको छ ।
प्रकाशित भएको : November 22nd, 2020
प्रतिकृया दिनुहोस्