चोरी मुद्धामा सांसद दीपक मनाङ्गेकी श्रीमती पक्राउ

 

काठमाडौं । चुनाबमा स्वतन्त्र लडेर केहि समय पछाडी नेकपा प्रबेस गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई चोरी मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए । उनी पदमपोखरी स्थित माइतीमा थिइन् ।
दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

प्रकाशित भएको : November 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु