द्विपक्षीय विषयमा वार्ता गर्न तयार छौ :भारत ; केके छन् नेपाल का एजेण्डा ???

 

११ मंसिर, काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला भर्खर काठमाडौं आइपुगेको छन् |

ती अधिकारीले सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर यो विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने बताए । तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको बताए ।
उनले भने, ‘यी विषयमा छलफल गर्दै अगाडि बढ्न सकिन्छ । तर हामीले अहिले मुख्य फोकस गर्नुपर्ने विषय भनेका द्विपक्षीय विकास साझेदारी, कनेक्टिभिटी, व्यापारलगायत हुन् । यी विषयमा ठोस रुपमा अगाडि बढ्न आवश्यक छ ।उनका अनुसार अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड–१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकासलगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहन्छ ।

प्रकाशित भएको : November 26th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु