२ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त

 

१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो ।हाल नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो समय संक्रमित भन्दा संक्रमंमुक्त हुने क्रम बढिरहेको छ

प्रकाशित भएको : November 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु